Skip to content

यो उमेरमा आँखा तर्न हुन्न नानी हो
कुर्कुरे बैंसमा लभ गर्न हुन्न नानी हो

फसाउन प्रेमजालमा रोपिएका चरणमा
लोभिएर वरिपरी चर्न हुन्न नानी हो

“तिमीलाई” कहिलेनी धोका दिन्न भन्ने
जाली मायाको भर पर्न हुन्न नानी हो

अविश्वास र घातले भरिएका मनहरमा
चोखो मायाको बिऊ छर्न हुन्न नानी हो

पापै पापको पोको पुरुष पाऊँन नारीहरु
झुन्डिएर आवेशमा मर्न हुन्न नानी हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *