Skip to content


चमेली फूल
झोक्राइरहेछ नि
पीर पर्‍यो कि !

मायाले गर्दा
शिरिष मुस्कुरायो
भँमरासित

होस्टे र हैँसे
पानीले पनि गर्छ
भुमरी पर्दा

जिब्रो टोकेर
नहाँस्नु है मायालु
कुसुमसित

भँमरा भुल्यो
फूलको परागमा
आनन्द लिन

Leave a Reply

Your email address will not be published. Required fields are marked *