सयपत्री फूलको माला नउन्नु है दिदी
माइतीले भुल्यो भनी नरुनु है दिदी।
नहेर्नु है मेरो बाटो साँझ बिहानीमा
बटुवालाई, आउँदै छ कि? नसोध्नु है दिदी।
सात समुद्रपारि छु म अर्कै दुनियाँमा
भुल्यो यसले चेलीलाई न भन्नु है दिदी।
गरिबीको चुह्लो बाल्न साहु काडी आएँ
दाजुभाइ नभए झै नहुनु है दिदी।
अर्को साल आउँला दिदी साहु निफुनेर
सम्झिएर नयनबाट नचुनु है दिदी ।
तीर्थ “यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन,
२०६७/७/१२


यात्रीजीको यात्रा लामो ठाममा
यात्रीजीको यात्रा लामो ठाममा रछ
के गर्ने
मनको पीडा हैन नेपालीहरूको पीडा ओकल्नुभएको छ
गाँस वाँस र कपासकै खोजीमा परदेसिनु पर्ने विवशता बोकेर बाँच्नुपर्या छ कसैले भने उत्तम सीप सिक्न भासिनुपरेको छ कसैले
शव्दशब्द मन पर्यो
बधाई र धन्यवाद
अनि तिहारको
शुभकामना
मनै त हो नि जता रहे पनि जता पुगे पनि तिहार नै तिहार
विदा पाउँ
AGAIN THANKS FOR SWEET GAJAL.
सधैंझैं मार्मिक वास्तविकता
सधैंझैं मार्मिक वास्तविकता प्रस्तुत गर्नुभएको छ। बधाइ ! तीज, दशैं आदि चाडका बारेमा लेख्ता पनि लेखनशैली धेरै मिल्दोजुल्दो छ तपाईंको। प्रत्येक लेखाइमा केही नौलो प्रस्तुत गर्न खोज्नुभो भनि झन गहन लेख निस्कनेछ।
तिहारको अग्रिम शुभकामना!
संगै हुन पाए हुन्थ्यो भन्छु
संगै हुन पाए हुन्थ्यो भन्छु नन्दलाल जी तर के गर्ने
हामी त समय र परिस्थिका नोकर न पर्यौ समयले जता जा भन्छ त्यतै
हानिनु पर्छ बेलागामी घोडा जसरी तपाईहरुकै मायाले मैले भीरको बाटो
तय गरेको हुँ,दुरीले टाडा भए पानी विचार र सिदान्तले अनि भावनामा
तपाइहरुकै साथमा छु,सहकार्यको दरिलो सहस खोज्दै,
यात्री तिर्थ
हृदयबाट शब्द उत्पत्ति
हृदयबाट शब्द उत्पत्ति गराउनेसँग संसार कल्पाउने तागत हुन्छ ! लक्ष्मीप्रसादहरूको कलमको निब हृदयमा हुन्थ्यो र पो सदाबहार स्रष्टा भए !
त्यस्तै पाटोको सानो अंश तीर्थजीमा पनि पाएको छु !
आफू त बोक्रे पाराले लेखिन्छ, भित्री तहमा पुग्न सकिएको छैन !
लेखनमा सन्तोष लिने दिन कहिले आउँछ ???
नन्दलाल जी जिन्दगी जिउनु त
नन्दलाल जी जिन्दगी जिउनु त एउटा बहाना मात्र हो जस्तो लाग्छ
मान्छेले सार्थक जिबन बाच्न जान्नु पर्छ,
हो मपनि त्यस्तै शार्थक जीवको खोजीमा छु जान्मेकै
दिन देखि हामीले मलामी खोज्नु पर्छ हामीले कालजयी मृत्यु को लागि
मरेर बाच्न सक्नु पर्छ,बाचेर त हामी पलपल मरेका छौ
त्यसैले नन्दलाल जी बस्तीको कथा चिरस्थायी हुन्छ,
आँसुको मसिले बस्तीको बेदना थुगाहरु शब्दका मालामा उनेर
लगाउदा पाठकको गलामा सुहाउदिलो हुन्छ,
“अल्छीहरु कागजको फुल बनाएर आत्मरतिमा रमाउछन
पौरखिहरु बगैचामा फूलका बोटहरुमा पसिना फुलाउछन”
नान्दलाल जी म प्रभासमा छु म संग नेपालीका कुनै किताब छैनन्
“म खडेरीमा घैया रोप्दैछु”म बिषयलाई उठान गर्नु पुर्ब पात्रको
मन छाम्ने गर्छु बास त्यही हो मेरो पाठ्य सामग्री’
अनि नि नन्दलाल जी म यसरी जिबन खोजि रहेछु कविता
जिबन खोजिरेछु
आफै भित्र आफैलाइ खोज्दै
मनको मझेरिबाट घरक्क
ढोका उघारेर दिलको बकस खोलि
खोजि रहेछु आफैलाइ
बाच्नुको यथार्थता भित्र
कयै बसन्तहरु समयको गति संगै
चपाइए अनि उघ्राइए बेलगामी घोडा झै
र फेरिए छेपाराको रंग फेरिए जसरी
तुफानी बेगमा आएको समयको गतिमा
मतिहिन हुदै,
परिबर्तनको नाममा नांगिएका तनहरु
ऊच्च शिक्षाको बिशाल परिधि भित्र
साँगुरीएका मनमा
सम्पतिको मृगमरिचिका पालेर
अभाबको भुंग्रोमा भुत्भुतिएका मनहरुमा
खोज्दैछु जिबन
बाच्नुको यथार्थतामा
अहंकारले बेलुन झै फुलेका मान्छेका
भिडहरुमा
गाँउका फुलमाया,बटुलीर भुन्टी सम्झेर
यहाँ सोफिया ,मर्लिन अनि डाइनाहरुमा
खोज्दैछु फुलमायाहरुको चौबन्दी, फरिया र घाघर
दुइ टुक्रा कपडाहरुमा,
गरिबीको चुल्हो बाल्नलाई
बिदेशी गल्लीहरुमा जिबन खोज्दै
बिदेशिमाटोमा पसिनाका मोति पोखेर
खोज्दैछु जीवनका बिसौनीहरु
अनि बिदेशिदाका पोका पन्तुरा र
कुम्लो कुटुरोका कुना
पाप्चाहरुमा खोज्दै छु नेपाली
माटो सुगेर पुलकित हुनलाई
र चड्दैछु महंगीको सगरमाथा
विजय उत्सवको उच्च सम्मोहनमा,
अनि खोज्दैछु बुकुरहरुमा
खोले फाडो सिस्नु र सागको
समिश्रण
हो म खोज्दैछु सार्थक जिन्दगि
यथार्थको जिबन खोज्दैछु
म को हुँ आफैलाइ सोघ्दैछु
म जिबन खोज्दै छु//
तिर्थ “यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
तीर्थजीको भावनालाई मेरो
तीर्थजीको भावनालाई मेरो सलाम
किताबको खानीमा बसिएको छ
रूखोसुखोमा मृत्यलाई पराजित गरिँदो छ
अचेलका मलामीहरू पनि
आफ्ना बनाउन गाह्रो पर्छ
सरकारी रवैयाले राम्रो जीवन बनाउन सकिएको छैन
तपाईँका कुरा सुन्दा लाज लाग्न थाल्यो
कारण चारैतिर किताब फिँजाएर
किताबकै शब्द यताउता छरेर जिउनुपर्या छ र पनि खोजेजस्तो भा छैन
लौ नवीन नवीन कुरा पाउँदै गरौँ
मझेरीका भित्ताहरू रंगाउँदै गरौँ
र
नजिक नजिक हुँदै गरौँ
नमस्कार नन्दलाल जी
नन्दलाल जी
नमस्कार नन्दलाल जी
नन्दलाल जी रुखो सुखोमा मृत्युलाइ पराजित गरिदो छ
भन्ने कुरामा म सहमत छुइन किनकी रुखो सुखोमै मृत्यु पराजित हुन्छ भने
मान्छेले मिठो मसिनो साथै हुने खानेले चौरासी व्यंजन खुवाएर मृत्युलाई
पल्काएर भनौ चाकडी बजाएर काल जही बनाउथे होला नश्वर कायलाई
बाँचु ठुलो कुरो होइन बचाउनु ठुलो कुरो हो भावनालाई,सिदान्त्लाई,
अनि चेतनालाई, जगाउनु पर्छ,सामन्तीहरुले मुठ्ठीमा राखेका बस्तिहरुलाइ
मृत्यु अभस्य छ त्यसलाई काल जही बनाउनु हाम्रो कर्तब्य हो,
मलाई कहिले काही अनौठो बिसय उठाउन मज्जा लाग्छ,
मैले एउटा गितिकबिता लेखेको छु आफु दिदी भएर
चेलीको बिलौना
(झ्याउरे छन्दमा)
सयपत्री फुल फुल्दामा खेरी सम्झना आई हाल्छ
उनेर राख्यौ भने नि माला वैलेर गइ जान्छ
एउटा माइती दुर देश बिरानो ठाँउमा
के गर्दौ होला समुद्रपारी अर्काको गाँउमा
नफुली देउ सयपत्री फुल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइ जान्छ//
साहुको भारि बिसाउन भनि मेरो माइती विदेश गएको हो
ति बुढी माको ओखती गर्न साहु काडी ल्याएको
भाइ बैनी साना साहुको बारी खै कस्ले जोत्दछ
नफुली देउ सयपत्री फुल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइ जान्छ//
गरिब दुखि मात्रैलाई हो की यो सारो परेको
धनीले ही की गरिबलाई दल्न यो चाल गरेको
समाजमा हाम्ले धनीले सरी सुहाउनु पर्छ रे
देखासिखी गर्न हाम्ले ऋण काड्नु पर्छ रे
यी सारा कुरा सुनेर मेरो मन सारै जल्दछ
नफुली देउ सयपत्री फुल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइ जान्छ//
मान्दिन म त धनीका कुरा आउ भाइ सम्झेर
घरमा भा को तुल्याई खाइ मनौला बसेर
के हुन्छ भाइ बिरानो ठाँउमा पसिना पोखेर
हुदैन हाम्ले निमुखा भइ सामन्ती पोसेर
बिबेक अब लगाउनु पर्छ श्रम गरि बाचने
गरिब दुखि एक भइ भाइ कहिले हो हासने
कहिले भाइ घरमा हाम्रो त्यो चुलो बल्दछ
सम्झेर ल्याउदा हे मेरो भाइ हृदय जल्दछ
नफुली देउ सयपत्री फुल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइ जान्छ//
श्रमिकले शिर उठाई बाँच्ने त्यो ठाँउ कँहा छ
औकातको चाड मनाउनु पर्छ त्यो ठाँउ यहि छ
देखा र सिखी नगरौ भाइ तुल्याउ घरको
मधुर मिलन हाँसो र खुशी ले र आउ घरको
धनीको सिको गरेमा भाइ झन गरिब होइन्छ,
नफुली देउ सयपत्री फुल मन मेरो रोइरहन्छ
उनेर राख्यौ भने नि माला वैलेर गइ जान्छ//
तिर्थ”यात्री”पौडेल
लखनपुर ३ झापा,नेपाल
हाल:बहराइन
२०६७/७/१६
अनि नि नन्दलाल जी रचनाको उठान गर्दा
पात्रको नजिक जानु पर्छ, अन्तर मनले लेख्नु पर्छ
लेखकले बस्तीमा गएर भाँडो खोले खान जान्नु पर्छ’
अनि त्यही बस्तीको आँसु पुस्न जान्नु पर्छ है,
तिर्थ यात्री
मृत्युलाई पराजित गर्नुको अर्थ
मृत्युलाई पराजित गर्नुको अर्थ बाँच्नु हो तर त्यस्तो बचाइ जुन केवल आफूमै सीमित छ
मेरो आसय यही थियो
अन्य कुरा यहाँ लेखी साध्य भएन
मन पर्यो
विचार सुन्दर मात्रै होइन
शुद्ध पनि छ
धन्यवाद
नमस्कार तीर्थजी मृत्युलाई
नमस्कार तीर्थजी मृत्युलाई पराजित गर्नुको अर्थ बाँच्नु हो तर त्यस्तो बचाइ जुन केवल आफूमै सीमित छ
मेरो आसय यही थियो
अन्य कुरा यहाँ लेखी साध्य भएन
मन पर्यो
विचार सुन्दर मात्रै होइन
शुद्ध पनि छ
धन्यवाद