Skip to content

खडेरीमा वर्षा भएर आओस् मधुपर्क

  • by


मैले जीवनको एउटा खण्डमा गोरखापत्र संस्थानमा काम गरेको थिएँ । अहिले त धेरै समय पार भइसकेको छ । मलाई स्वास्थ्यले पनि धेरै साथ दिएको छैन तर मसँग जोडिएका स्मृतिहरू कति छन् कति । मधुपर्कसँग जोडिएका सन्दर्भ र स्मृतिबारे म प्रत्यक्ष कुराकानी गर्न चाहान्थेँ तर अस्वस्थ्यताका कारण छोरा मदनराज थापाको सहारामा जवाफ दिँदैछु । अहिले मलाई धेरै बोल्न पनि मिल्दैन । यसमा दुःख नमान्नुहोला ।

मलाई सम्झना भएसम्म त्यस समयमा भौतिक साधनले हामी सम्पन्न थिएनौं तर बौद्धिकताको भने प्रचुरता थियो । आपसी सरसल्लाह, खँदिलो, गहकिलो विचार, राष्ट्रिय हितका विषयमा व्यापक छलफल हुने गर्दथ्यो । सबैजना आफ्नो पेसामा अनुशासित भई आपसी सद्भाव कायम राखेर काम गरिन्थ्यो । कहिलेकाँही अप्ठेरो पारेको परिस्थितिमा आपसी सल्लाहबाट त्यसको निराकरण गरिन्थ्यो । यसरी हेर्दा त्यतिबेला काम गर्ने उपयुक्त अवसर थियो ।

म गोरखापत्रमा कुनै बेला सामान्य कर्मचारीका रूपमा काम गर्दथेँ । यो एउटा पक्ष भयो । त्यस नाताले मात्र होइन एक स्रष्टाको हैसियतमा पनि नेपाली साहित्यमा मधुपर्कले गरेको योगदानको प्रशंसक हुँ । मेरो विचारमा नेपाली साहित्यमा मधुपर्कको देन अतुलनीय छ । यसको माध्यमबाट नै सर्जकहरूले आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाए । आफू खारिने अवसर पाए । यसले देशका कुना काप्चामा रहेका सबैजसो जातजाति वर्ग र लिङ्गका प्रतिभालाई स्नेह गर्ने गर्दथ्यो । प्रवासमा रहेका नेपालीहरूलाई काठमाडौैँस्थित लेखक, कलाकारसँग सम्बन्ध राख्ने ‘सेतु’ को काम यसले गरेको थियो । विश्वसाहित्यलाई पनि नेपालीबीच ल्याएर यसले ठूलो गुन लगाएको छ । नेपाली साहित्यको बौद्धिकता जुन स्तरमा अहिले पुगेको छ, यदि मधुपर्क नभइदिएको भए सायद यो स्तरमा पुग्ने थिएन भन्ने पनि लाग्छ ।

नेपाली साहित्यिक पत्रकारितामा यसको इतिहास बेग्लै छ । गहन छ, निजी क्षेत्रका पत्रिकाको आफ्नै महत्त्व छ । साहित्यिक फाँटमा पुर्‍याएको योगदान दुबैको महत्त्वपूर्ण छ ।

पञ्चायतकालमा मधुपर्कको यात्रा पनि सहज थिएन । एकातिर सरकारी पत्रिका अर्काेतिर जनताका पक्षमा साहित्यसेवा गर्नुपर्ने दोहोरो दायित्व र बाध्यता यसमा थियो । मेरो बुझाइमा यी दुबै कुरालाई जुन तरिकाबाट सन्तुलन गरिरहेको थियो । अर्काेतर्फ व्यवस्थाको क्रान्तिचेतका खुट्किलाहरूलाई पाठकसभाको माध्यमबाट प्रचारप्रसार गरेकै हुन्थ्यो ।

मधुपर्ककले लेखकहरूलाई पारिश्रमिक दिएर पनि राम्रो काम गरेको छ । मेरा कविता, गीत र कथा प्रकाशित गरेर मलाई व्यक्तिगतरूपमा ज्यादै गुण लगाएको छ । समग्रमा हामी स्रष्टाहरू गर्वित छाँै ।

म मधुपर्कको ५०० औं अङ्कको अवसरमा यसले नयाँ नेपालको सन्दर्भमा झन् महत्त्वपूर्णर् योगदान दिन सकोस् । विभाजित नेपालीहरूलाई एक सूत्रमा बाँध्न सक्ने साहित्यको विकास गर्न सकोस् । नयाँ कलेबर र नयाँ पृष्ठभूमिमा यसले आफूलाई लैजान सकोस् भन्ने शुभकामना दिन चाहान्छु । यसले साहित्यमा जुन जनसमुदायलाई समेट्नु पर्नेछ, त्यसलाई समेटेर तृप्त पार्न सकोस् खडेरीमा वषर्ा भएर आओस् । नेपाली साहित्यलाई हराभरा पार्न सकोस् । नयाँ समाज र त्यसले ल्याउने नयाँ नेपाली जीवनशैली र दृष्टिकोणलाई सुहाउँदो साहित्य सिर्जनामा आफूलाई अर्पण गर्न सकोस् ।

प्रस्तुति ः प्रकाश सिलवाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *