सधैंभरि, मुस्काउने, कस्तो मीठो, बानी ?
देख्दा लाग्छ, बैंशालु छौ, यथार्थमा, सानी ।
सरल छौ, सहज छौ, साँच्चै शालिन्, पनि
झुकाउँछौ, सधैं शिर, सारा आज्ञा, मानी ।
सुकुमारी, सुवासिली, लज्जावती, छौ नि
प्रकृतिले, सजाएकी, सौन्दर्यकी, रानी ।
रूप हेर्दा, लाग्छ यस्तो, गर्छौ धेरै, शृंगार्
ईश्वरको, बरदान् पाकी, लक्षिणकी, खानी ।
हाँस्दा लाग्छौ, पूर्णिमाको, जूनसरी, तिमी
हेरिदिँदा, लजाउँछौ, बन्दै बर्षा, पानी ।
(रचना अक्टोबर २० /२०१० )

प्रभाजिको यौवनको पढें गजल
प्रभाजिको यौवनको पढें गजल मैले
राम्रो लाग्यो तपाइलाई बधाई दिन्छु ऐले .
यसैगरी फेरी पनि लेख्दै गर्नु होला
भविष्यमा सफल गजलकार बन्नु होला .
prva ge i like it very much
prva ge i like it very much carry on please
लोल…
राम्रो छ ।
शुभ यात्रा
लोल…
राम्रो छ ।
शुभ यात्रा ।