Skip to content

आफ्नो भाग्य आफैंले नै लेख्न पाइँदैन


आफ्नो भाग्य आफैंले नै लेख्न पाइँदैन
दोश जति अरुतिर फेक्न पाइँदैन

आफ्नो आङमा हात्ती नदेख्ने मान्छेले
अरुको आङमा जुम्रा देख्न पाइँदैन

निन्द्रामा परेको बेला झुक्याएर
कसैको गला कसैले नेक्न पाइँदैन

बिना गल्ती बिभिन्न लाल्छना भाँजो हाल्दै
तगारो लगाई बाटो छेक्न पाइँदैन

पाइला पाइलामा अहिले खतरा छ
किन ढुक्क साथ यहाँ टेक्न पाइँदैन

खगेन्द्र खिलाफी
पाख्रिबास धनकुटा
हाल दोहा कतार

1 thought on “आफ्नो भाग्य आफैंले नै लेख्न पाइँदैन”

  1. आफ्नो भाग्य आफै लेख्ने सोचले
    आफ्नो भाग्य आफै लेख्ने सोचले उठ्यौ भने चाहिँ अरूले हाम्रो आङको जुम्रो देख्न पाउँदैन
    है मित्र

Leave a Reply to nandalal.acharya Cancel reply

Your email address will not be published. Required fields are marked *