मेरो माया जूनी-जूनी मेरै उनलाई
सत्य सत्य धरो धर्मे देवता छूनेलाई
उन्को मेरो पहिलो भेटमा जूनतारा हाँस्थें
पंक्षि पनि गुनगुननाउदै डाली-डाली नाच्थें
मेरै यादमा सधैं सधैं सम्झी रूनेलाई
सत्य सत्य धरो धर्मे देवता छूनेलाई
माया भन्नु उन्को मात्रै कति धेरै लाग्ने
उन्कै यादमा आँखाहरु रात-रात भर जाग्ने
सिमा छैन यो मायाको साँच्चै कति-कति
भरौं भने आकाश भरि छरिएका जून जति
मनको पिर मायाले नै सधैं धूनेलाई
सत्य सत्य धरो धर्मे देवता छूनेलाई
मेरो माया जूनी जूनी मेरै उनलाई
सत्य सत्य धरो धर्मे देवता छूनेलाई

I like this
I like this
thank yo so much,birendra ji!
thank yo so much,birendra ji!
Welcome i like
Welcome i like
राम्रो छ दिदि !!मेरो बि४ मा
राम्रो छ दिदि !!मेरो बि४ मा ,अलिकति थप सम्पादन गरेर सैलिगत रुपमा आधुनिक शैलीको गीतमा रुपान्तर गर्नु भए सुनमा सुगन्ध हुन्छ !! लेख्दै जानुस…भोलि केइ पक्कै हुनेछ!!
दोषी जि राम्रो छ । यस्मै
दोषी जि राम्रो छ । यस्मै चित्त नबुझाउनुस । अझ धेरै राम्रो हुने छ ।
शुभ यात्रा ।
बाई