आफ्नासँग छुट्दा रोएँ
नियतिले चुट्दा रोएँ !!
हात हल्लाई, हेरी रहें
उनको गाडी, गुड्दा रोएँ !!
दुस्मनले कुटे, दुखेन बरु
खुद भाग्यले, कुट्दा रोएँ !!
पराइले लुटे, पचाएँ पिडा
आफन्तले, लुट्दा रोएँ !!
रुने मलाई, बानी परेछ
मनको नाता, टुट्दा रोएँ !!
सिन्धुपाल्चोक, नेपाल
सुवन, साउथ कोरिया
