राजनीति र राजनीतिज्ञ

  • by


जनताको लागि अशल काम गर्छु भन्नेहरू
भ्रष्टाचारले गन्हाइसके
एक पल्ट कसरीमा पुगेपछि
सातपुस्तालाई पुग्ने कमाइसके ।

हिजो गाउँमा वात लागेकाहरू
दलको झण्डा ओढेपछि
आज कानुनमाथि पुगे
राजनीतिज्ञमा दर्ता भएपछि ।

विगत नेताको साह्रै घिनलाग्दो
सुँगुर समेत घिनाउने
नेताको आचरण कस्तो
कुकुर समेत लजाउने ।

राष्ट्रको भत्ता खाएर
देशलाई लात हानिरहेछन्
राष्ट्रको झण्डालाई आज
जलाउने कोशिष गरिरहेछन् ।

ज्ञान विवेक सून्यहरू
राजनीतिक दलमा छिरेपछि
म्हामानव कहलिन पुग्छन्
माचबाट भाषण ठोकेपछि ।

राजनीति कस्तो घिनलाग्दो पेशा
लाज शरम केही नहुने
पैसा र मोजको लािग
आमा समेत बिक्री गर्ने ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *