Skip to content

झ्याली माया

  • by
RamuGaire


मिठा मिठा सपना देखाई
सँगै मर्ने सँगै बाच्ने कसम खाई
मलाई न घरको न घाटको बनाई
सुखैसँग राख्छु भनेकै थिए २,४, पैसा कमाई
बिश्वासघात गर्यौ अरु पराइको हात समाई

कहाँ गए ती बाचा कसमहरू
किन दियौ झ्याली मायाको बचनहरू
ब्यर्थै माया गासेछु हर पलमा साथ दिन्छु भन्नेसँग
मलाई के थाहा ? रैछ तिम्रो माया बिदेसी डलर गन्नेसँग
खै कस्तो माया लगाएछु बैमानी पराइ बन्नेसँग

जति बिर्सने कोशीस गर्छु पापीनीकै याद आउँछ
उसैको यादले हरेक पल पागल सरी बनाउँछ

बिछोडको ३ महिना पछि !!!

यति सुन्दर जिन्दगी झन्डै खेर फाल्य थें
जवानीको मायाप्रीति सबथोक जस्तो मान्या थें

तर रहेनछ !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *