Skip to content

मलाई पिट्यो, चोट दियो, त्यसलाई पिट्नुछ
हार दिलाउने, क्रुर बेलालाई, मैले जित्नुछ !!

गुमेका कुरा, खोसेर लिन्छु, हात म जोडदिन
लेखाजोखा, हुँदैछ मनमा, उसै म छोड्दिन
जुन अचानोमा, जसरि किच्यो, त्यसरी किच्नुछ
हार दिलाउने, क्रुर बेलालाई, मैले जित्नुछ !!

एउटा हैन, दुइटा हैन, घातहरुको गणना छैन
तुच्छ मात्रै, ठानिरह्यो, प्रिय त्यसको कहिल्यै भईन
जसरि थिच्यो, यो गला मेरो, त्यसरी थिच्नुछ
हार दिलाउने, क्रुर बेलालाई, मैले जित्नुछ !!

मलाई पिट्यो, चोट दियो, त्यसलाई पिट्नुछ
हार दिलाउने, क्रुर बेलालाई, मैले जित्नुछ !!

दिपेन्द्र भट्टराई, सुवन, कोरिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *