Skip to content

तिमी बोल्यौ..उ..,तिमी हाँस्यौ..ऊ
तिमी बोल्यौ,बिनायोको धुन भुलें मैले
(तिमी हाँस्यौ,पुर्णिमाको जुन भुलें मैले )-२

(सुनपरिका सुन्दर बयान, कहानीमा सुन्थेँ
बिपनीमा भेटी हेर्न, लालयित हुन्थेँ!! )-२
गाउँदै आयौ,कोइलीको गुनगुन भुलें मैले
(तिमी हाँस्यौ,पुर्णिमाको जुन भुलें मैले )-२

( सागरको पिंधमा हुने ,हिरामोती जस्ती
सिंगै जगत जगमगाउने,घामको ज्योति जस्ती )-२
अमुल्य त्यो हिरा पाएँ,चानचुन भुलें मैले
(तिमी हाँस्यौ ,पुर्णिमाको जुन भुलें मैले )-२

तिमी बोल्यौ,बिनायोको धुन भुलें मैले
(तिमी हाँस्यौ,पुर्णिमाको जुन भुलें मैले )-२

शब्द/संगित-दिपेन्द्र भट्टराई
सुवन,साउथ कोरिया
dpen.vattarai@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *