ज्युँदो लास न हो, बाँचेर के भो !
हाँस्नै सक्दैन मन, बाहिर हाँसेर के भो !
कोही किन्छन काइदाका लागि कोही बेच्छन् फाइदाका लागि
कम्मर मर्काइ–मर्काइ तिम्ले नाचेर के भो !
ज्यूँदो लाश न हौ, बाँचेर के भो !
किरा पर्छ, गन्हाउँछ, भोलि पर्सि
दुइकौडीको जोवन साँचेर के भो !
ज्यूँदो लाश न हौ, हाँसेर के भो !
इलास्टिक न हौ, दुख्दैन क्यारे तिम्लाई
टुक्रा–टुक्रा हुने गरी भाँचेर के भो !
ज्यूँदो लाश नै हौ, बाँचेर के भो !
पत्र–पत्र झरिसक्यो जिवन
सर्वाङ्गै हुनेगरि नाचेर के भो !
ज्यूँदो लाश नै हौ, बाँचेर के भो !
निख्रीसक्यौ, थोपा–थोपा गर्दै जवानीमै
आँपको कोया न हौ, माया गाँसेर के भो !
ज्यूँदो लाश न हौ, हाँसेर के भो !

Life yestai ho
Life yestai ho