Skip to content

पर्खिरहें

  • by


साझपख तिमी आउँछौ भनी
टोलाई रहें चारैतिर, आईनौ तिमी

गल्ली-गल्ली गोरेटो-बाटो जताततै
एकोहोरो हेरिरहें अँझै पनि, आईनौ तिमी
कोइली चरी पनि आपसमा मायाप्रीति
साटासाट गरिरहेका थिए
दुई चरीका जोडीहरू अटुट
साथ दिने कसम खाँदै थिए
तर पनि आईनौ तिमी
सेतो कुहिरोले पनि मेरो निरासिलो
मन हेर्दै आफ्नै सुरमा हिड्दै थियो
जताततै हेरिरहें कुन कुनाबाट उदाउछ्यौ भनी

तर पनि देखा परिनौ
बोट बिरुबाका पातहरूले तिम्रै पनि
इन्तजारमा टोलाइरहेका थिए
कता कता सानो स्वरमा गाडीको
पनि हुइयको आवाज आईरहेको थियो
जुनकिरीहरूले पनि आफ्नै सुरमा
गीत गाउँदै थिए गोठालाहरूले पनि
मेरो निराश मन हेरी गाई बाख्रा
लैजादै थिए अझैसम्म पनि, आईनौ तिमी
माथि आकाशबाट पनि मायाका
थोपा सरी सिमसिम बर्षात
भईरहेको थियो
सम्पूर्ण प्राणी जीव जन्तुहरू पनि
आफ्नै जोडीसँगै घर तर्फ लाग्दै थिए
जताततै हेरिरहें
आईनौ, निष्ठुरी तिमी………..

रामु गैरे अर्घाखाँची चिउरामाटी
हाल दुबइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *