हँसिलो चेहेरा, बिचमा सलक्क परेको नाक,दाँया बायाँ मृगनयनि आखाँ ,जहाँ अनगिन्ति सपनाहरू सजिएका छन् । जुनआखीँभौहरूको पर्दाका कारण देख्न असमर्थ छौ । संगसंगै ती गुलाबी ओठभित्र हिमालझै चम्केका सेता दाँतहरूबाट निस्किएको मुस्कान, बयान गर्नका लागि शब्द भण्डारहरू रित्ता छन् ।
शारीरिक रुपमा अग्लो , बाटुलो शरिर, कस्सिएको कम्मर । छाती, हिप सबै अनुपातीय रुपमा मिलेको । झन् ती लहराउने कालो केस बतासमा उडेका ती आँचल जस्तै । उमेरले भर्खरै यौवन अवस्थमा प्रवेश गरेकी उनी, माध्यमिक शिक्षा मात्र लिन भ्याएकी,चञ्चल मिजासिलो व्यावहरका धनी थिई । कोकिलको स्वर मिश्रित बोलीका साथ मधुर मुस्कानका लहरहरू छर्दा, अध्यरो रात्रिमा चन्द्रमाको प्रकशीय चमक जस्तै लाग्थ्यो ।
कुन पलमा यी सम्पुर्ण पक्षहरूको अध्ययन गरे, मलाई आफैलाई थाहै भएन। यतिमात्र थाहा भयो कि, त्यसबेला म यस्तो सौन्दर्यको गहिरहिमा डुबिरहेको थिएँ, जसरी भ्यगुतो इनारमा डुबिरहेको छ , जो इनारबाट जीवनपर्यान्त निस्कन सक्दैन । कयौ प्रयासहरू गरे समुन्द्ररुपी ती गहिराइबाट निस्कन अन्तत असफल नै रहेँ । माथितिर हेर्दा खुल्ला आकाश थियो मात्र मन बहलाउनको लागि ,वरीपरी बन्धनरुपी ती सतहले घेरिएको थियो ।
अन्ततः म बाध्य भए मेरा मनका सम्पुर्ण संवेग, चाहना र सपनाहरू उनलाई सुनाउन, एउटा पत्रको साहयताले ।
प्यारी नानु
नाटकीय जीवनको यो
गन्तविहिन मोडमा
रुमल्लिएको एक पागलको
तर्फबाट धेरैधरै माया
स्वीकार ल ।
विना गन्तव्य रुमल्लिरहेको जीवनको यो मोडमा आएर जव मैले तिमीलाई देखे , तिम्रा ती सौन्दर्यको सामु म साच्चै पागल हुन लागेको छु । थाहा छैन मेरो मन मुटु मात्र तिम्रो सम्झनामा धडकिरहेछ । हरेक प्रत्येक कल्पनामा म तिमीलाई नै देख्छु । तिम्रा ती सौन्दर्य र अवोध चञ्चलताले म आफै विचलित हुन्छु । म आफू आफैलाई खोज्दछु तर तिम्रा ती जादुका विच म हरेक पटक पराजित हुदैछु ।
मलाई थाहा छ तिमी पनि एक यौन अवस्थामा जीवन गुजारी रहेकी एक केटी हौ । सायद तिम्रो मनमा पनि माया प्रेम जस्ता कुराहरूको जिज्ञासा आउदो हो । अनि तिमी दिवास्वप्नमा डुबिरहेकी हौली । तिमीले पनि आफ्नो दिलको राजकुमारलाई कोमल स्पन्दन भित्र स्थान दिई सक्यौ होला यद्यपि यसै बेला मैले पनि मेरो मनभित्रका सम्पूर्ण कल्पना र सपनाहरू तिमी सामु पोखे भने तिम्रा ती चञ्चल मनले स्वीकारौंला , नस्वीकारौंला अनि तिमी पनि प्रेमरुपी जीवनको कल्पनामा डुन्नेछौ ।
तर नानु मेरो सपनासगै तिम्रा ती चञ्चलताको मोहमा परी तिमीलाई दिवास्वप्नमा डुबाउनु मेरो चाहाना होइन । किनकि, तिमी भर्खरै विद्यालय जीवनका पाइलाहरू चालिरहेको छौ । तिम्रो आफ्नो छुट्टै उदेश्य लिएर । म चाहान्छु तिम्रा ती पाइलाहरू आफ्नो बाटोबाट रोक्ने दुस्प्रयास नहोस् । साथै तिम्रा ती लक्ष्यहरू समेत पूरा हुँदै जाओस् ।
हो नानु, म अन्जानमै आफैँ यस्तो भुमरीमा भासिइरहेछु जसलाई म स्वीकार्न सक्छु न बिर्सन । म आफैँ यस्तो दर्दनाक चोटहरू निम्त्याइरहेको छु जुन निको पार्ने औषधी छैनन् । लाग्छ मेरो स्पन्दन नै तिम्रा ती आभासमा चल्दछ । यदि ती स्पर्शहरू टाढा गए मेरो जीवनको अस्तित्व रहला भन्न सकिन्न ।
हो नानु, म तिमीलाई असाध्यै चाहान्छु प्रेम गर्छु, अनि गरिरहन्छु पनि । म आफ्नो प्रेमरुपी जीवनमा तिमीलाई अपनाउनु चाहान्छु ।
मैले आफूलाई सम्हाल्ने कयौ प्रयासबाट पनि हार खाँदै आज यो दुई शब्द तिम्रो लागि कोर्दैछु । आशा छ यसलाई तिमीले अन्यथा सोच्ने छैनौ मात्र प्रेमरुपी पागलपनमा डुबेको मानवहृदयका संवेगात्मक आवाज मात्र ठान्नेछौ ।
अन्तमा मनभित्रका यी अनेकन शब्दहरूले तिमीलाई कुनै असर परेमा म तिम्रो सामु एक भिखारी बनी माफीको भिख माफ त दिन्छौ होला नि, हैन? एक पागल सम्झेर ।
उही तिम्रो चञ्चलताको
रेमी अनाश्रित नाटकोम
पत्र पठाएको केही दिन पश्चात संयोगबस उनको र मेरो भेट उनकै कोठामा भयो । जुनबेला म उनकै दाजु, जो मेरो साथीसँग त्यहाँ पुगेको थिएँ । साथीको कामको व्यस्तताको कारण बाहिर जानपर्ने भयो यद्यपि म भने त्यहि बसिरहे जहाँ हामी दुईलाई ढुङ्गा र माटोका चार दिवारहरूले घेरिरहेको थियो । उनका ती मुस्कानले म अझै विक्षिप्त भइरहेको थिए झनै उनका बोलीले म आफैँभित्र अनौठा उन्मादहरू उत्पादन भइरहेका थिए ।
एउटा दुबोको घाँसको घाँसले घेरिएको चौरमा हामी दुई लडीबुडी खेल्दै थियौ । उनका ती कलकलाउदा शरिरसँगै म आलिङ्गनमा बाँधिदै थिएँ । उनका ती स्पर्शले म झन् उत्तेजित हुँदै आफ्ना नयनहरूलाई उनका ती मृगनयनी नयनहरूमा प्रतिस्पर्धा गराउँदै थिएँ ।
एउटा आवाजबाट म झस्किएँ । “दाइ, ए के भयो ? किन टोलाउनुभएको ?” कोमल ती हातहरू आँखा अगाडि हल्लिरहेको देख्दा पो मैले थाहा पाएँ । म आफूभित्रैको कल्पनामा डुबी यथार्थ भन्दा पर पुगिरहेको थिएँ । “चिया बनाउ?” उनका ती मधुर मुस्कानसँगै निस्किएका कोकिलरुपी ध्वनि मेरो कानमा बजारिए । जुनबेला म पुन झसङ्ग भइरहेको थिए । हैन पर्दैन, भर्खरै खाएर आएको बरु नरिसाउने भए एउटा कुरा सोधौ ? मैले भने कुरा गर्दापनि रिस उठ्छ र ? सोध्नुस् न के कुरा हो त्यस्तो ? उनी भन्दै थिइन् । मैले भने– ना….ना…. नानु मैले हिजो….. हिजो अस्ति एउटा चिठ्ठी दिएको थिए नि । ए त्यो । धन्यवाद है तपाईंलाई मेरो प्रशंसा र बयान गर्नु भएकोमा कति हलुकासँग भनिरहेकी थिई उनी र अझै भन्दै थिइन् ।
मलाई यति धेरै माया गर्नुभएकोमा म तपाईंलाई घृणा त अवश्यै दिन सक्दिन दाजु यद्यपि म तपाईंलाई तपाईंकै प्रियसी बनी माया दिन भने असमर्थ छु । कि…. किन र ? काँपिरहेका ती मेरा ओठहरूले प्रतिप्रश्न गरिरहेको थिएँ । प्रेम गर्नु कसैको दोष होइन टाढा । मानिस सामाजिक प्राणी हो ऊ बाँच्नका निम्ति समेत हरेकको साथ चाहिन्छ । त्यसरी नै अझ संसारको प्राकृतिक नियम पूर्तिका निम्ति समेत प्रेमविवाह अनिवार्य छ । प्रेमका अर्थ र परिभाषाहरू हरेकका दृष्टिमा फरकफरक होलान् तर म भन्दछु– “प्रेम दुई आत्मा भित्रबाट भएको स्वतस्फुर्त चाहानाहरूको संयोग हुनु हो ।” अर्थात यदि तपाईंमा मप्रति प्रेम भावना उत्पन्न हुन्छ भने मभित्र पनि तपाईंले नभन्दा नै प्रेमरुपी भावना भइसक्न पर्दछ ।
अझ विस्तृत रुपमा भन्ने हो भने तपाईंको प्रस्ताव पश्चात मैले सोचेर उत्तर दिउँला भन्नु त्यो मेरो मूर्खता हो । त्यो म भित्रको वास्तविक प्रेम होइन । किनकि, प्रेम सोचेर, प्रस्तावकको व्यक्तित्व, आर्थिक, सामाजिक, पारिवारिक अवस्था हेरेर गरिने कुरा होइन । र दादा प्रेम त्याग पनि होइन । अहिले चाहिँ मैले तपाईंलाई प्रेमरुपी अनुभूति दिलाउने र अन्तमा गएर बाध्यता भन्दै तपाईंलाई छोडी त्याग्न सक्नु पनि प्रेम हो भन्नु झन् महामूर्ख बन्नु हो । किनकि, जसले साँचो प्रेम गर्दछ उसले कदापि त्याग्नै सक्दैन । आफ्नो मानसिकतालाई उनको विचारसँगै परिवर्तन गर्दै मैले पुःन सोधे–“यी सब कुरा तिमीले कसरी बुझ्यौ ?” जीवन नै अनुभव हो । जन्मेदेखि मृत्युपर्यन्त हामीले निरन्तर गर्ने कुरा भनेको नै अनुभव हो । म अहिले उमेरले सानो छु यद्यपि आफूलाई आवश्यक कुरा सिक्न हिच्किचाउदिन र यी सम्पूर्ण विचार पनि यसैको परिणाम ठान्छु । दादा मैले तपाईंको चाहानालाई पूर्ति गर्न सकिन त्यसको लागि क्षमा चाहान्छु । तथापि तपाईंको प्रियसी बन्न नपाएपनि म तपाईंको बहिनीको रुपमा त रहन सक्छु कि ?
कति स्वच्छ, कञ्चन मन जस्तो मुहार त्यस्तै । अनि कति ठूलो विचार जसले सकरात्मक सोचको पक्षमा मात्र डोर्याउने प्रयास गर्दछ । म आफैंदेखि लज्जित भएँ भने सँगसँगै खुसी पनि थिएँ । किनकि, छटपटिएका अन्तर्मनका पीडालाई उनले कसरी शान्त पारिदिइन् एउटा फेरिएको साइनो लिएर ।
