Skip to content

म मातिएको बेला

PushpaKhanal-02


नआऊ मेरो सामू, म मातिएको बेला
जे पनि हुन सक्छ, म पातिएको बेला

भन्छन्,
रक्सीले भन्दा पनि, वैंशले धेर
मातिएको हुन्छ मान्छे, जवानीमा हेर
मेरो,
जवानी त छैन बाँकी, रक्सीकै हो नसा
गल्ती हजार् हुन सक्छ, छेऊमा नबस
रक्सी नसा नसामा, तातिएको बेला
नआऊ मेरो सामू, म मातिएको बेला
जे पनि हुन सक्छ म, पातिएको बेला

भन्छन्,
रक्सीको नसा हुन्छ, मात्र केही बेर
वैंशमा नसा चढे, जान्छ जीवन खेर
मेरो,
रक्सीले वैंश गयो, पैसा पनि गयो
तरपनि यो रक्सी, नछोडिने भयो
नसाभित्र यो रात, छिप्पिएको बेला
नआऊ मेरो सामू, म मातिएको बेला
जे पनि हुन सक्छ, म पातिएको बेला

पुष्पा खनाल
२७ –०८–२०६७
म्हेपी, काठमाडौं

1 thought on “म मातिएको बेला”

  1. वाह ! शुन्दर छ ।
    पुष्पा

    वाह ! शुन्दर छ ।

    पुष्पा खनाललाई मेरो शुभकामना ।

    धन्येबाद kbs ।

    बाई

Leave a Reply to KeTa Cancel reply

Your email address will not be published. Required fields are marked *