१
जहाँ छ रस
त्यहाँनै घुम्छ मौरी
महको लागि
२
सुख सुविधा
मान्छेहरूका लागि
रोगको घर
३
सूर्यको राप
जतिनै तातो होस्
भात पाक्दैन
४
कर्णाली रुन्छ
रात नतमस्तक
नेपाली माझ
५
जति नै पाप
उति नै फलिफाप
कलियुगमा
६
धरती रुँदा
मौन तमासा हेर्छ
स्वार्थी आकाश
७
भोको मानिस
सधैं त्रसित हुन्छ
अन्नको लागि
गीता थापा (दोषी)

I like this
I like this
Excellent
Excellent creation…thoughtful presentation!
love you
varry good