Skip to content

झगडियालाई झगडाको बीउ भा’छ सत्ता यहाँ


झगडियालाई झगडाको बीउ भा’छ सत्ता यहाँ,
चोरी खाने बिरालाको घीउ भा’छ सत्ता यहाँ ।

वासनाको उन्मातले मत्ताएका नेतालाई
प्यास मेट्ने बेश्याको जीउ भा’छ सत्ता यहाँ ।

लेख्ने रे संविधान बनाउने रे नयाँ नेपाल
राष्ट्र लुट्नेहरूलाई निहुँ भा’छ सत्ता यहाँ ।

हेर्दा खेरी टल्किदिने टाढैबाट झल्किदिने,
खेल्नै पर्ने बेमौसमी हिउँ भा’छ सत्ता यहाँ ।

1 thought on “झगडियालाई झगडाको बीउ भा’छ सत्ता यहाँ”

  1. सारै मन्पर्यो गजलकार लाई
    सारै मन्पर्यो गजलकार लाई धयबाद

Leave a Reply to अतिथि Cancel reply

Your email address will not be published. Required fields are marked *