कन्याकुमारी जाँच्ने यन्त्र लिएर आओ
मैले कुमारीत्व लिलामीमा राखेकी छु
घोषित विहे गरेकी छैन
सन्तान नजन्माको बाचा खाएकी छु ।
लसपस छासछुस साना कुरा हुन्
अदालती केही हुने छैन
धरोधर ठोकुवा गर्छु
छोरा छोरी जन्माएको छैन ।
म प्रेम कुमारी नभएको भए
तीन चार बच्चा भइसक्थे
तर म जीवनमा
एकै शिवभक्त भइरहन्थे ।
थरिथरिका प्रेमप्रसाद चाख्न
प्रेम-कुमारी लिलामीमा राखे
एक पल्ट आउने जीवनलाई
आफ्नै पकडमा पारें ।
आलिंगन र चुम्बन त
दिनमा दश जनासँग पनि भैहाल्छ िन
एक दुई सुन्दर रातहरु त
जो सुकैसँग पनि बितिहाल्छन नि ।
परिपक्व नभएकी के प्रेमकुमारी
उसलाई प्रेमको लय थाहा हुँदैन
अनुभवी पो त खारिएकी हुन्छे
नजान्ने उसलाई केही हुँदैन ।
