नारी हामी संघर्शको जंघार तर्नु छ
चुलो चौको मात्र हैन संघार तर्नु छ
पुराना कु-संस्कारहरूलाई तोडी
अब त हामीले महासमर तर्नु छ
घाँस दाउरा मेला पातमा मात्र हैन
सिङ्गो संसार उठाउने फुन्कार गर्नु छ
हाम्रो संसार यति मात्र हैन दिदीबहिनी
त्यसैले त जागरुक भै यो प्रखर तर्नु छ
