कहाँ जानु ?
कहाँ कहाँ भौँतारिनु ?
नचिनेको
कहिल्यै नदेखेको
देउता खोज्न ?
मैले त हातको फूल
आमाको चरणमा
राखिदिएँ !!
कविता
मान्छेको मनभन्दा
बृहत् ग्रन्थ
आजसम्म मैले देखेको छैन
ओठको मुस्कान
र आँखाको आँसुजस्तो
मार्मिक कविता
मैले आजसम्म
पढेको छैन ।
मधुपर्क २०६७ चैत
