Skip to content

जीवनमा पहिलोपटक वास दियौ तिमीले

  • by


जीवनमा पहिलोपटक वास दियौ तिमीले
भँवराको फूलबारीमा विलास दियौ तिमीले

अस्वीकार गर्दा पनि तिम्रो माया मैले
सगैँ मर्ने सगै बाँच्ने आश दियौ तिमीले

दिनभरि डुलिहिँड्यौँ रात पर्न लाग्दा
जाऊँ न मेरो घरमा भनी गाँस दियौ तिमीले

विरहमा छट्पटाई मर्न लाग्दा
बचाउन एक मुठी सास दियौ तिमीले

जीवनभरि मैले अब साथ पाएँ भन्दा
‘आशा’ ! आशा ! भन्दाभन्दै निराश दियौ तिमीले ।

पोखरे-५, ओखलढुङ्गा

मधुपर्क २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *