Skip to content

एक नजर यता पनि । [गजल संवन्धी बहस नियमित श्रृंखला]

आदरणीय गजलप्रेमी महानुभावहरु केही महिना अघि मैले गजलकार परिहास सुब्बाले दोवाटो सहित्यिक पत्रिकामा मार्फत काछुप गजल भनेर एउटा नयाँ प्रयोगको अवधारणा सार्वजनिक गरेको पाएको थिएँ । सो प्रयोगलाई उनले हाल अन्य अनलाईन पत्रिकामार्फत पनि सार्वजनि गरेका छन । र सवैसंग सुझाव पनि मागेका छन । तसर्थ यो विषयलाई वहसमा ल्याउनु उपयुक्त ठानेर नै मैले सार्वजनिक बहसको प्रोफाइलमा राखेको छु ।

काछुप भन्नाले छुपाइएको वा छोपिएको भन्ने अर्थ लाग्छ । का = काफिया छु = छुपाइएको । उनले काछुपको यही अर्थ दिएका छन । काछुपको महत्वलाई दर्शाउदै उनले भनेका छन कतिपय शब्दहरु हामी समय, ठाउ, वाताबरण, परिस्थीती अनुसार स्वतन्त्रताका साथ प्रयोग गर्न सक्दैनौ भने उहि शब्द अनुकुल ठाउँमा मज्जाले निर्धक्क बोलीरहेका हुन्छौं, जस्तो की केहि अश्लिल शब्दहरु, हाम्रा गुप्तांगका नामहरु। र यी शब्दहरु हामीलाइ कुनै पाठशालामा सिकाइएका हुँदैनौ न त अभिभावक बाट नै तर आफैं सिक्छौं। जुन शब्दहरु हामीले र्सार्बजनकि रुपमा लेख्न र बोल्न हाम्रो नैतिकताले दिदैन। त्यस्ता शब्दहरु सिधै लेख्दा अशोभनिय देखिन्छन त्यसैले यी शब्दहरुलाइ यसरी लुकाएर काछुप-गजल मा प्रयोग गर्न सकिन्छ ।

यो नयाँ प्रयोग उत्तम हुने भन्दै उनले नमूना समेत प्रस्तुत गरेका छन । के उनले भने झैँ यो गजलको नयाँ प्रयोग हुन सक्छ पछिल्लो समयमा गजल अश्लिलता तर्फ आकर्षित भयो भन्नेहरु पनि छन । समय समयमा गजलमाथि यो युवाहरुको क्षणिक आवेग व्यक्त गर्ने विधा हो । क्षणिक आवेग सिवाय केही होइन भन्ने पनि छन । गजलले वाटो छोड्यो अव यसलाई अंकुश लगाउनु पर्छ भन्ने पनि छन । यसमा अव परिस्कारको आवस्यक्ता छ भनेर परिस्कारको आन्दोलनमा समायित गराउने पनि छन । त्यस्तो परिप्रेक्षमा परिहासले ल्याएको यो प्रयोगले गजललाई कहासम्म पुर्याउला के यस्तो प्रयोगले गजलको मर्म र भावनालाई वचाउन सक्ला उनले भने झँै सदियौ देखि हामीले अश्लिल भनेका शब्दहरु । अर्थात स्तन सम्म भन्न नसकेर त्यसलाई विब्मात्मक रुपमा लाजका गहना भन्दा पनि सर्माउने वा मुख छोप्नु पर्ने अवस्था छ । ती शब्दलाई अन्य गुप्त शब्दहरुलाई गजलले सहज रुजमा लेख्न र वोल्न सकौला अथवा यसरी प्रयोग गरिएको साहित्यिक रचनालाई साहित्यलाई कति हद सम्म माथि पुर्याउला यस वोरेमा सोच्नु पर्ने वेला आएको छ यसवारेमा बहस गर्नु पर्ने वेला आएको छ । तसर्थ संपूर्ण गजल प्रेमी महानुभावहरुलाई बहस तर्फ डोर्याउन चाहन्छु । यसवारेमा स्वतन्त्र रुपमा आ-आफ्नो विचार राखिदिनु हुन सनम्र अनुरोध गर्दछु ।

नोटः [उनको सार्वजनिक अवधारणा पत्रलाई पनि तललाई पनि पस्तुत गरिएको छ ।]

यसलाई काछुप-गजल किन को सन्दर्भ:…

संरचनात्मक ढाँचाले यो गजलमा शुरुको हरफमा एउटा मात्र काफिया (पुर्ण) लेखिएको हुन्छ र बाकी काफिया सबै लुकाइएका हुन्छन वा काफियाको ठाउँमा ब्ल्यांक स्पेश वा काफियाको पहिलो अक्षर पाठकलाइ सजिलोको लागी राखिएको हुन्छ। काफिया लुकाइएको कारणले नै का=काफिया, छुप=छुपाइएको भन्न खोजिएको हो । सम्मपुर्ण रुपले गजल नै आयातित वा गजलका हरेक अंगहरु अरवी हिन्दी उर्दु बाट लिइएको हुँदा ‘छुप’ आयातित शब्द समायोजन गर्न खोजिएको छ।

काछुप-गजल को प्रकृती:…

गजल गाउन र बाचन गर्नको लागी मात्र होईन, पढ्नको लागी पनि हो। हामीले लेखेका सबै गजल हरु वाचन गर्न र गाउन कै लागी लेखिएका छैनन् यी पत्रपत्रिकामा पब्लिश हुन्छन, पाठक द्धारा पढिन्छन।यो गजल पढ्य मात्र हो त्यो पनि मनमनै, वाचन गर्न र गाउनको लागी होईन, यसमा सबै काफिया नै नलेखिने हुनाले वाचन गर्नु र गाउनु संभबै छैन।

काछुप-गजल को उपयोगीता:…

सर्ब प्रथम त यसले पाठकलाइ एउटा चुनौति दिन्छ बाँकि काफिया आफैं पत्तालगाउने। यसले अलिकति पाठकलाइ बौद्धिक अभ्यासको फाइदा को अपेक्षा गर्न सकिन्छ। र कुनै ठाउँमा ब्याबहारिक भएर हेर्दा, कतिपय शब्दहरु हामी समय, ठाउ, वाताबरण, परिस्थीती अनुसार स्वतन्त्रताका साथ प्रयोग गर्न सक्दैनौ भने उहि शब्द अनुकुल ठाउँमा मज्जाले निर्धक्क बोलीरहेका हुन्छौं, जस्तो की केहि अश्लिल शब्दहरु, हाम्रा गुप्तांगका नामहरु। र यी शब्दहरु हामीलाइ कुनै पाठशालामा सिकाइएका हुँदैनौ न त अभिभावक बाट नै तर आफैं सिक्छौं। जुन शब्दहरु हामीले र्सार्बजनकि रुपमा लेख्न र बोल्न हाम्रो नैतिकताले दिदैन। त्यस्ता शब्दहरु सिधै लेख्दा अशोभनिय देखिन्छन त्यसैले यी शब्दहरुलाइ यसरी लुकाएर काछुप-गजल मा प्रयोग गर्न सकिन्छ,।

प्रस्तुत छ उदाहरण स्वरुप एक काछुप-गजल :

काछुप-गजल

ऋषि म त प्रेमको मेरो, भत्काइदिईन कुटी उनलेत्यतिले नि नभएर, त्यहि हगी …. उनले

पबित्र त्यो आँगन थियो, उस्तै राखें उनलाइ पनिआज सुन्छु उत्तिखेरै, कति संग …. उनले

मेरो कुटी भत्काउँदा, घुर्की लाएँ मैले पनिसरम बेगर उघारेर, देखाई दिइन …. उनले

तिमी बिना मर्छु भन्थी, चोखो दिलले राम्रै साचेंत्यहि फाइदा उठाएर, लुट्न सम्म …. उनले

अथवा यसरि काफियाको पहिलो अक्षर उल्लेख गर्न सकिन्छ:-

ऋषि म त प्रेमको मेरो, भत्काइदिईन कुटी उनलेत्यतिले नि नभएर, त्यहि हगी, मु… उनले

पबित्र त्यो आँगन थियो, उस्तै राखें उनलाइ पनिआज सुन्छु उत्तिखेरै, कति संग सु… उनले

मेरो कुटी भत्काउँदा, घुर्की लाएँ मैले पनिसरम बेगर उघारेर, देखाई दिइन पू…उनले

तिमी बिना मर्छु भन्थी, चोखो दिलले राम्रै साचेंत्यहि फाइदा उठाएर, लुट्न सम्म लु…उनले

धन्यवाद । [आफ्ना विचार सोझै बहसको इमेल ठेगाना keshubirahi2008@yahoo.com मा संप्रषण गरिदिनु होला ।]

Leave a Reply

Your email address will not be published. Required fields are marked *