Skip to content


लाउँदिन म माया भन्दा दोबाटोमा छेक्छौ किन ?
तिम्रो मेरो नाम जोडी प्रेम पत्र लेख्छौ किन ?

दोबाटो मै उभिएर, बाटो छेक्यौ भन्छौ अँझै ?
फिर्ता तिम्रो पत्र हो त्यो, प्रेम पत्र ठान्छौ अँझै ?

म त चुम्छु मेरो लक्ष बाधा बन्न न आउ तिमी
जता मेरो सगरमाथा त्यतै पाइलो टेक्छौ किन

जता तिमी हिंडे पनि, किन मैले बाटो छेक्थे,
उँधो बाटो हिडेर नि, सगरमाथा जान्छौ अँझै ??

अङ्गालोमै बेरिएथ्यौ भन्दै झ्याली पिट्याथ्यौ रे
यस्ता यस्ता बकम्फुसे दिवा स्वप्ना देख्छौ किन

सपनीको हो बात त्यो दुई ज्यान एक भा’को,
भुल्यौ कि रात त्यो बकम्फुसे मान्छौ अँझै ?

पलाउँछ स्वत माया करबलले हुन्न कहिल्यै
नबालेको चुल्होमा ‘नि राप खोज्दै सेक्छौ किन

पुगेन कि मायाको यो राप तिम्रो हात सेक्न,
किनारमा बाल्नलाई मेरै लास तान्छौ अँझै ??

2 thoughts on “सवाल जवाफ (गजल)”

Leave a Reply

Your email address will not be published. Required fields are marked *