Skip to content

गजल संबन्धी बहसको अबको बाटो के हुनु पर्ला ? [गजल संवन्धी बहसको नियमित श्रृंखला ]


यो बहसको उद्देश्य भनेको निम्न लिखित रहने छ ः

१. यो सार्वजनिक बहसको मुख्य उद्देस्य भनेको नेपाली गजलको प्रचार प्रसार गर्नु । नयाँ तथा सिकारु गजलकारका लागि गजलको सिद्धान्त र संरचनाको वारेमा जानाकारी गराउनुका साथै गजललाई शिष्ट तथा मर्यादित वनाउन एउटा अभियान संचालन गर्नु पनि हो ।

२ . नेपाली गजल स्थापना कालको यती लामो समय वितिसक्दा पनि यसमा थुप्रै दुविधाहरु विध्यमान छन । थुप्रै सवालहरु उब्जिएका छन । जस्को कारणले गजलको स्तरवृिद्ध हुन सकेको छैन । यो बहसले ती तमाम दुविधाहरुको खोजी गरी तिनीहरुको निराकरणको वाटो पहिल्याउन प्रयाश गर्ने छ ।

३. यॊ अभियानले गजल संवन्धी प्रचार प्रसार गरी सकारात्मक धारणाको विकाश गर्ने छ । बहसको क्रममा आएका तमाम जिज्ञासा वा सवालहरुलाई गजलका विज्ञ सामु प्रस्तुत गर्दै बहसको क्रममा आउने र आउन सक्ने कुराहरुलाई सामूहिक रुपमा र छलफल गरी त्यसको निचोड निकाल्न प्रयास गरिने छ । यहाँ सवालहरु भन्नाले गजलको विधागत सवाल लयको सवाल भाषिक जटिलताको सवाल गजलमा पछिल्लो समयमा देखिएका प्रयोगहरुको सवाल गजलको परिभाषाको सवाल गजलमा परिस्कारको सवाल लगयतका पर्छन ।

४. यस बहसले नेपाली गजलमा कलम चलाउने वा गजललाई माया गर्नेहरुका वीचमा एउटा पुलको काम गर्ने छ । गजललाई माया गर्नेहरुलाई एउटा पारिवारिक संवन्ध वनाउनमा सहयोग पुर्याउने छ । नेपालमा मात्र नभएर नेपाल वाहिर छरिएर प्रवासमा रहेका नेपाली गजलकारलाई एउटै सुत्रमा वाध्नका लागि एउटा छुट्टै अभिभावक संस्था राष्टिय गजल प्रतिष्ठानको निर्माणमा जोड दिइने छ । त्यस्का लागि सम्पूर्ण गजलप्रेमी अग्रज समकालीन तथा नयाँ तथा सिकारु गजलकार संग वसेर छनफल गरी निचोडमा पुग्ने यस्को लक्ष रहेकॊ छ । जुन प्रतिष्ठानले देश विदेशमा छरिएर रहेका तमाम गजलकारलाई एउटै मालामा उनी सवैलाई समान माया गर्न सकोस । एउटा वास्तविक अर्थमा अभिभावकको भूमिका निर्वाह गरोस । गजलको परिस्कार आन्दोलनमा सहयोग प्रदान गरोस भन्ने नै हो ।

५. यस अभियानको मुख्य उद्देस्य भनेको नेपाली गजलको उत्थान तथा संवर्धन नै हो । यसमा गजलमा देखिएका यावत सवालहरुमा बशस गरी सहभागीकै धारणालाई सवै सामु पुर्याउनु पनि हो । अनलाइन अर्थात इन्टरनेटकॊ माध्यमबाट गजल प्रेमीका धारणा साटासाट गराउनु तथा ती वीचारहरु सवै सामु पुर्याउनु पनि हो । बहसले सवैखाले विचारलाई स्थान दिने छ । तर गजललाई कमजोर वनाउने खाल्का विचारलाई भने महत्व दिने छैन । बहस चाहन्छ हरेक विचाहरु विचारका लागि मात्र नभएर समस्या समाधाका लागि हुनु पर्छ । यो ठीक हो । राम्रो छ । यो गलत हो । भन्दा पनि राम्रो भए के कारणले राम्रो छ । नराम्ा्रो भए के कति कारणले नराम्रो छ भन्ने कुरा पनि चाहन्छ । र त्यसका वैकल्पिक पाटोको वारे तर्फ पनि विचार जानु पर्छ भन्ने ठान्दछ ।

६. बहसमा पुराना तथा स्थापित गजलकारहरुलाई स्वागत गर्ने तथा उहाँहरुको योगदानको उच्च मूल्याङ्कन गर्दै नयाँ तथा सिकारु गजलकारका लागि चाहिने सैद्धान्तिक खुराक उपव्ध गराउदै जाने हो । सैद्धान्तिक ज्ञानको अभावमा हुन सक्ने समस्याहरु अर्थात गजलका नाममा प्रकाशित हुँदै आएका पजलहरुको विरुद्ध सचेत गराउनु पनि हो । यसका लागि आवस्यक पर्ने केही नमुना उदाहरण पनि उपलव्ध गराइने छ । जस्ले गर्दा नयाँ तथा सिकारु गजलकारलाई गजल सिर्जनामा सहयोग पुग्ने छ । गजलको नाममा पजलको सिर्जना हुनबाट वच्न मद्धत मिल्ने छ ।

७. नेपाली गजल संवन्धी बहस गजलमा परिस्कारको आन्दोलन संचालन गर्दै आएका संघ संस्था व्यक्ती तथा विभिन्न पत्र पत्रिकाहरु वीच सहकार्य गर्दै उनीहरुसंग सह- अस्तित्वको भावनाका साथ यो अभियानलाई अगाडि वढाइनॆ छ ।

८. अनलाइनको साथसाथै स्थानीय क्षेत्रीय तथा राष्टिय स्तरमा गजल संवन्धी खुल्ला बहसको आयोजना गरिने छ । यसरी खुल्ला रुपमा बहसको आयोजना गर्दा त्यस क्षेत्रमा स्थापना भएका गजल संग संवन्धी विभिन्न संघ संस्थाहरु गजलकारहरु संग सहकार्य गरिनेछ ।

९. अन्त्यमा यही अभियान संवन्धी सवैको धारणा समिटिएर एउटा छुट्टै बहस संवन्धी पुस्तक तयार गरिने छ ।
आदरणीय गजलप्रेमी महानुभावहरु माथि उल्लेखित उद्देश्यका साथ विगत दुई वर्ष देखि नियमित रुपमा अनलाईन मार्फत गजल संवन्धी बहस संचालन गर्दै आएको कुरो त सर्वविधितै छ । तपाईहरुको न्यानो माया र सद्भावका कारण बहस आजका दिन सम्म आइपुगेको छ । आसा छ भोलिका दिनमा नि त्यो सद्भाव र माया पाइरहने छ ।

बहसले आज सम्म आइपुग्दा के कति काम गर्यो भनेर लेखा जोखा गर्ने काम तपाईहरुकै हो । म तपाई गजल प्रेमी महानुभावहरुबाट त्यो लेखा जोखा होस भन्न चाहन्छु । गजल संवन्धी बहसले आफ्नो निर्देशित उद्देश्यलाई पक्रन सकेको छ कि छैन त्यो हेर्ने जिम्मा पनि तपाईहरुकै हो । अव कसरी अगाडि वढ्नु ठीक होला भन्ने सुझाव दिने जिम्मा पनि तपाईहरुकै हो ।
यो क्रममा आइपुग्दा आज थुप्रै अनलाईन पत्र पत्रिकाको स्थापना भैसकेका छन । ती पत्र – पत्रिकाले नयाँ तथा सिकारु गजलकारका रचनालाई मात्र प्राथमिकता नदिई पुराना गजलकारहरुको पनि गजल प्रकाशन गर्ने । गजल संवन्धी आलेख प्रकाशन गर्ने काम गरिरहेको मैले पाएको छ । यी सकारात्मक कदम हुन । त्यस्ता पत्र पत्रिकाले वा ती गतिविधिले गजल संवन्धी बहसलाई टेवा दिदै आएको मैले ठानेको छु ।

हुन त गजलमा बहसको जरुरी नदेखनेहरु पनि छन । बहसले गजल सिर्जनामा अवरोध पुर्याउछ । तसर्थ बहसमा नलागी अर्थपूर्ण सिर्जनामा लाग्नु पर्छ भन्नेहरु पनि छन । तर बहसले सुन्दर तथा अर्थपूर्ण गजल सिर्जनामा अवरोध पुर्याउने कुरामा म सहमत छुइन । बरु यसले त अझ सुन्दर तथा अर्थपूर्ण सिर्जनामा सहयोगी भूमिका निभाउने आसा लिएको छु । यही आसाका साथमा यो बहसको सुरुवात भएको छ । बहस कहिल्यै सिर्जनाको वाधक नभै सहयोगी भएको पनि जानाकारी गराउन चाहन्छु ।

बहसले कहिल्यै पनि सुन्दर तथा अर्थपूर्ण सिर्जनामा अवरोध पुर्याउछ जस्तो लाग्दैन । मलाई त लाग्छ सुन्दर तथा अर्थपूण सिर्जनाहरु बहसबाटै आएका हुन्छन । तर ती बहसका रुप फरक फरक हुन सक्छन ।

सिर्जना हुनु भन्दा पहिला हाम्रो मनमा एकखाले बहस हुन्छ । कुन विषयमा आधारित भएर सिर्जना गरौँ । कुन विषयमा सिर्जना गर्दा वेस होला कुन कुन विम्बलाई कसरी प्रयोग गर्दा वेस होला वा अर्थपूर्ण होला । यी आदि कुराहरुले हाम्रो मनमा एउटा तरङ्ग नै पैदा गरिदिन्छ । यो तरङ्गनै बहस हो । त्यही तरङ्गबाटै वा बहसबाट एउटा निचोडमा पुगिन्छ । र फलिभूत हुँदै एउटा सिर्जनाको जन्म हुन्छ ।

त्यस पछि हामी त्यही रचना आफ्ना साथीभाइलाई देखाउछौँ । सुनाउछौँ । भए जान्ने मान्छे्र विज्ञको राय सल्लाह पनि लिन्छौँ । देखिएका गल्ती कमजोरीहरु विज्ञको सल्लाह वमोजिम छाँटकाँट गर्छौ वा छाँटकाँट छुन्छ । त्यस पछि हामी आफ्ना रचनालाई विभिन्न पत्र पत्रिकामा प्रकाशनका लागि दिन्छौँ । अथवा अनलाइन पत्रिका नै किन नहुन । त्यस्ता थुप्रै सिर्जना जम्मा भए पछि हामी संकलन निकाल्ने योजना वनाउछौँ । त्यसको लागि कसैलाई भूमिका लेखाउछौँ । शुभकामनका दुई शब्द पनि माग्न पछि पर्दैनौँ । कृति वाहिर आउछ । अर्थात हामी सार्वजनिक गर्नमा पनि केही खर्च गर्छौ । कृतिको चर्चा पचिर्चा हुन्छ । पत्र पत्रिकाले पनि कृतिको वारेमा लेख्छन । त्यति मात्र नभएर समिक्षकलाई कृति थमाउछौँ । त्यहा आदरणीय ……मा सदर समर्पित । स-सम्मान भेट… आदि शब्दहरु लेखिएका हुन्छन । समिक्षकले पनि आ-आफ्नो दृष्टिकोण राख्छन । मन परेका नपरेका कुराहरु लेखिदिन्छन । के यी सव बहस होइनन र बहसले झकझक्याउने काम गर्छ । र झकझक्याउदै आएको पनि छ ।

त्यति मात्र होइन पत्र पत्रिका प्रकाशन गर्छौँ । लेख लेख्छौँ । प्रकाशन गराउछौँ । संघ संस्था खोल्छौँ । साहित्यिक गोष्ठि गर्छौँ । त्यहा पनि बहस नै हुन्छ होइन र

के हामी यी कुराबाट कहिल्यै टाढा भएका छौ र अनि गजलमा हुने यस्ता टिक्का टिप्पणीले के गजललाई कमजोर वनाउछ र ? रचना वा कुनै पनि विषय वस्तु माथि आफ्नो विचार राख्नु कुनै गलती कार्य हो र ? यदि त्यस्तो हो भने फलानाको गजल संग्रह सुन्दर छ । अर्थपूर्ण छ । पढ्नै पर्ने कृति हो । ओजिलो छ भनेर भन्ने गरेको कार्य पनि के गलत थिए त अथवा ती सवै गलत हुन त त्यस्तै आफूलाई ट्याग गरेका गजलमा धेरैले लय भङ्ग भयो । लय मिलेन भनेर भठाउदै आएको मैले पाएको छ । को ती बहसका विषय होइन र ? अर्थात रचनाकारले यो रचना माथि टिप्पणी उठाई दिनुहोला । आ -आफ्नो विचार दिनु होला भने पछि त्यसवारेमा टिका टिप्पणी गर्नु दोश हो र यस्ता विषय वस्तुमा आधारित भएर बहसले उठाएका कुरालाई वा बहसलाई नै यो समय खेरा फाल्ने काम हो । म यसको सान्दर्भिकता देख्दिन .. म कुनै कुराको बहस चाहन्न भन्ने आफैमा एउटा अतिवादी सोच होइन र ?

छाडौँ यी कुरा । एकहात व्यक्तीको अनिक्षा रहदैमा बहसको आवस्यक्ता कम हुने हाइन । बहसको आवस्यक्ता झनै बढ्दै गएको महसुस हुन थालेको छ । धेरै भन्दा धेरै सहभाागिहरुबाट बहसको आवस्यक्ता महसुस गर्दै आउनु भएको छ । बहसका लागि दिनहुँ दर्जनौ इमेल पत्रहरु आउने गरेका छन । बहस ठीक छ । बहस सिर्जनाको वाधक होइन यो सिर्जनाको सहयोगी भन्नेहरु धेरै पाएको छु ।

तसर्थ गजल संवन्धी बहसलाई अवका वाँकी दिनमा कसरी अघि वढाउदा ठीक होला ? तपाईहरु बहसले के कुरामा वढि प्राथमिकता देओस भन्ठान्नु हुन्छ ? तपाईहरुबाट सकारात्मक सुझावको आसा पालेको छु ।

keshubirahi2008@yahoo.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *