कुण्ठित रहर मनभित्रै पखालिंदा खस्छ आँशु
अतितका यादसँगै बरालिंदा खस्छ आँशु
रहरहरू संगालेर गन्तव्यलाई पछ्याउँदा
अकल्पित चिहानमा पसालिंदा खस्छ आँशु
ओरालीको हरिणलाई बाच्छी आई लखेटे झैं
निमुखाको तहबाटै झरालिंदा खस्छ आँशु
झिनो चिजको चाहनामै जंजीरभित्र फसेपछि
गन्तव्य त्यो नभेटेर पतालिंदा खस्छ आँशु
आफन्तले घोच्छन् जब बचनका तीर राखी
व्यथा खप्न नसकेर पछारिंदा खस्छ आँशु
ठेगानाः यम्घा ४, पाल्पा
हालः वनस्थली काठमान्डौ

hi
sita gi sarai ramro lago ani marma asparsi. mero life ma matches hune khalko raicha try to more la.