किन आज यत्ति साह्रो, प्यास बढ्दै छ ?
तिम्रो सानो स्पर्शले, स्वास बढ्दै छ
प्यासी माछो समुन्द्रको, छेउ पुगेपछि
तृष्णा मेट्ने अब उसमा, आस बढ्दै छ
ठण्डी पनि यति ठण्डी, पुष माघको हो
भित्रैबाट गर्मीको, आभास बढ्दै छ
जे जे हुने अध्यारोमै, हुने गरेको छ
आज के के हुने हो ? त्रास बढ्दै छ
कत्तिन्जेल बगैचामा, पुग्दै फर्कने हो?
सूर्यलाई रस चुस्न, हतास बढ्दै छ

atti ramro.ani kamuk
atti ramro.ani kamuk pani…..wowwwwwwwwwwwww
गज्जब
हे हे हे…
सार्है मार्मिक…
मन परो
So sweet wow…..
So sweet wow…..