गफ लाएर बर्णन गर्दा
निक्कै मख्ख पर्छेयो,
यथार्थलाई औंलाई दिंदा
मेरो खण्डन गर्छेयो !
घमण्डीको खेती गरि
आफै परी सोच्छेयो,
बतीस मुज्जा छाल्ला छोप्न
किरिम पोत्न पोत्छेयो !!
मान्छे हेर्यो डल्ली भैंसी
घाँसै खाली जस्ती,
बिहारको चोक चोक हिड्ने
बाँदर वाली जस्ती !
नाभुला भो पृष्ट भुमि
हिजो एक छाक खाको
बाउ मैतीलाइ ऋण बोकाई
कमौनालाई आको !
राजेश रुम्बा लामा “अतृप्त”
