बाँसुरीको धुनसँगै मादलुको ताल
मनको मैलो पखालेर साँझको बक्ती बाल ।
डरभर कसैको छैन कस्तो आयो काल
निष्ठुरीक्ो भरपर्दा बल्ल पाएँ चाल ।
तिम्रो याद जब आउँछ बेदनाको ताँती
सम्झिल्याउँदा बिगतलाई पोल्छ मेरो छाती ।
देखावटी बाहिरी हाँसो हाँस्छेउ घरिघरि
आज यहाँ भोलि कहाँ हिँड्छौ सरिसरि ।
मान्छे तिमी सारै राम्री भित्री मनकी काली
काली मात्रै होइनौ तिमी रहिछौ पूरै जाली ।
छैन चचह अब बाँच्न रित्तिएर चोला
मरिसक्या जिउँदो लास बाँकी के पो होला ?
मधुपर्क २०६८ बैशाख
