जुरेली नाच्यो डालीमा (सेलो)


जुरेली नाच्यो डालीमा मैच्याङ्
जोर ढुकुर नाच्यो हाँगैमा,
खपेर कति बस्नु हौ मैच्याङ्
बिहे गरौं न यो माघैमा !

सँगैको साथी सबैमाथि
सबको बिहे भैसक्यो,
भन्न पो मैले सकेको छैन
भित्र मुटु खैसक्यो !

तिमीलाई पनि मन होला नि
घोर्ले छोराको माउ हुन,
मलाई त सारै हतार लाछ
त्यै छोराको बाउ हुन !

सम्झेर ल्याउदा काउकुती लाग्छ
काखमा छोरा खेलाको,
सुत्केरी कुनामा टुसुक्क बसी
तिम्रो जिऊमा तेल लाको !

राजेश रुम्बा लामा “अतृप्त”

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *