भाग्यलाई दोष देको छु भैगो साथ हुनु पर्दैन तिमीले
फुट्नेको नै दुख्छ मुटु साखिली भै रुनु पर्दैन तिमीले
दु:खाईमा हाँस्न समयले सिका’को छ अचेल मलाई
चहराए नि चहराउन यी घाऊहरू छुनु पर्दैन तिमीले
म हुनु र नहुनुमा के फरक पर्छ र अब तिमीलाई
जति लागे कलंकका ती दागहरू धुनु पर्दैन तिमीले
आँखामा बगिरहेछन थोपा थोपा भै पुराना पलहरू
नयाँ घाम बोकी मेरा आँसु सुकाउनु पर्दैन तिमीले

“साखिली भै रुनु पर्दैन तिमीले”
वाह!
ब्राभो!!!
kbs सर धन्यवाद भूपेन्द्र महत सरको गज्जवको गजल पढ्ने मौका दिनु भएकोमा।
धन्यवाद
बाई
धन्यवाद
ठिसजी,
धन्यवाद भूपेन्द्रजीलाई नै जान्छ । वहाँले नियमित रुपमा गजलहरू पठाएर मझेरीको भण्डारलाई धनी बनाउँन सहयोग गर्नुभा’छ । म त पोस्ट गर्ने डेस्कवर्कर् मात्र हुँ ।
हिजा’ज नियमित मझेरीमा झुल्केर रचनाहरूप्रति प्रतिकृयाहरू दिनुभा’कोमा तपाईंलाई पनि आभार व्यक्त गर्दछु ।