कविता
जुन नहुँदा अँधेरीमा
तिमीले मेरो साथ् खोज्यो,
छाउन खोज्दा उषा किरण
तिमीले मेरो जात खोज्यो !
त्यै दृष्टिले समान देख्यो
हिजो तिमीले दु:ख पाउँदा,
होंचो-निच्चो अरे म
आज तिमीले सुख पाउँदा !
छाम्दा यौटै धटकन भन्थ्यो
काट्दा रगत रातै भन्थ्यो ,
किन गर्नु बिभेत “राज”
मर्दा सबै माटै भन्थ्यो !
तर आज थाहा भो मलाई
त्यो त मात्रै नारा रहिछ ,
सोजो गरिब म जस्तोलाई
फसौनी एउटा चारा रहिछ !!
अझ भन्ने गर्थ्यो तिमीले
रुढी बादी त्याग्नु पर्छ ,
जात भात कुसस्कार्लाई
जरै देखि फ्याग्नु पर्छ !
मलाई पनि लाग्थ्यो सानु
तिमीले भने झैं गर्नु पर्छ,
सबै मानव एक हुन्न
भन्ने शिक्षा छर्नु पर्छ !
दोबाटोमा एकलाई मलाई
पारि तिमी गएनी,
फुक्छु बिगुल चेतनाको
आफु एकलाई भएनी !!
त्यति खेर तिमीलाई लाग्ला
राजेश पागल हो भन्ने,
ढिला चांडो मात्रै हो सानु
चिन्ने छौ मलाई को भन्ने !!
राजेश रुम्बा लामा ‘अतृप्त”
