विरहको गीत नगाऊ न्याउली
गणतन्त्र आको छ नेपालमा,
कालो बादल नाफिजौ आकास
देशमा शान्ति छको छ नेपालमा !
हे……काली नदी नाच्दै बग्यो
छाल फिजाउदै …..
लाली गुराँस पाखै भरि
फुल्यो लाजौदै !
हे…..खुशी हुँदै तरंग्गियो
ताल तलिया,
नाच्दै गाउँदै झुम्यो हेर
गरिब हलिया !!
अब तिमी नसुसाउ सालघारी
गणतन्त्र आको छ नेपालमा,
दुख देखि नडराऊ नेपाली
अब हाम्रो पालो आको छ नेपालमा !!
हे…पगलिनालाइ छाडी हिमाल
मुस्कुरौदै हाँस्यो,
पारि पाखा डाँफे मुनाल
गीत गाउँदै नाच्यो !
हे….धानै झुल्यो मधेसमा
पहाड कोदो फुल्यो,
हिमाल भेग पुर्याउन अन्न
मार्ग जहीं तहीं खुल्यो !
अब फिक्कर नगर नेपाली
गणतन्त्र आको छ नेपालमा,
सबै मिलि देश निर्माण गरौ
अब ढिला भैसक्यो नेपालमा !!
विरहको गीत नगाऊ न्याउली
गणतत्र आको छ नेपालमा…..
कालो बादल नफिजौ आकास
देशमा शान्ति छको नेपालमा……………..
राजेश रुम्बा लामा “अतृप्त”
(देशमा गणतन्त्र आउदा कोरेका थिएँ आज डायरीमा भेटें खुसि लाग्यो सबैलाई सेर गर्न पाउँदा)
