देख्नेले के भन्लान छि: किन यसरी तानेको ?
जे गर्नु एकान्तमा गर्नु, कैले छैन र मानेको
ठाँउ न ठहर छ्या: कस्तो गर्नुभा’ यस्तो रहर
अटेरी नहुनु, मैले पनि छु फेरि जानेको
मात्तेको किन? के छ र नजरमा त्यस्तो मेरो
लठ्ठ हुनु भो त, छैन जादु टुनाले हानेको
कटिन सक्छ कुरा कति, चियो चर्चा होला फेरि
शरम मान्नु अलिकति त, किन ख्याल ठानेको
फुक्न मन न भा’को कहाँ हो र मलाई पनि
रिसानी माफ होस है , समाजले छ बानेको

वाह! भावनाको बेजोड प्रस्तुति
वाह! भावनाको बेजोड प्रस्तुति ! साह्रै मिठो गजल ।
भूपेन्द्र महतको गज्जबको तनाई…
🙂
गज्जब! सार्है राम्रो…
धन्यवाद
बाई
gajal ta yasto po hunu
gajal ta yasto po hunu parchha ta? mitho gajalka lagi bhupendra dai lai thanks