Skip to content


कति हँसिलो, कति उज्याली सधैँ नुहाएकी
निधारमा टिकी चट्ट कस्तो सुहाएकी

फक्रेजस्ती सुनगाभा गुराँस फुलेजस्ती
मलाई खुसी पार्न भनी सबैलाई भुलेजस्ती
कालो कपाल आँखा गाजल रूप चुहाएकी
नाकमा फुली कानमा कुन्डल कस्तो सुहाएकी

दाँत हेरुँ, गाला छोऊ बोली सुनिरहूँ
तिम्रै वरिपरि सधैँ लाग्छ घुमिरहूँ
मेरो छेउमा पर्दा मुहार किन झुकाएकी

युवामञ्च २०६८ जेठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *