भक्कानिन्छ यो मन अँझै सम्झिंदा कृष्णजी !
चीर शान्तिको कामना अलविदा कृष्णजी !
देशकै लागि बोल्थ्यौ जनताकै लागि लड्थ्यौ
खुशी हुन्थ्यौं हामी सबै आई दिंदा कृष्णजी !
प्रजातन्त्र ल्याउनमा तिम्रो देन धेरै
डराउथे बैरीहरू बोलिदिंदा कृष्णजी !
सँच्चा एक्ला नेता तिमी करोडौं नेपालीका
शुन्यता नै छाएको छ नभैदिंदा कृष्णजी !
कामना थ्यो सबैको अँझ बाँचिराख भन्ने
सबै दुखी भए छोडी गई दिंदा कृष्णजी !

अज्ञात पाल्पाली
