हाइकु लेख्ने प्रयास गरेको छु । हजुरहरूले नजर लगाई भूल र गल्ती औल्याइदिनु हुन अनुरोध गर्दछु ।
कलमसँग
जोरी नखोज तिमी
जे पनि गर्छ ।
राजा भगाई
देशमा गणतन्त्र
जनता भोकै ।
जस्तो राजा
उस्तै राष्ट्रपति
छैन फरक ।
मुटुको पीडा
अरुले नदेख्ने यो
कस्तो अचम्म ।
मायामा धोका
नौलो कुरा होइन
सहन गाह्रो ।
प्रेम बाबु, दुबई

a
raja chai na banu hi