Skip to content

निष्ठुरीले बास भत्काई !


कसको कस्तो आशा गरूँ हारेको यो जिन्दगीमा !
अंकुश लगाई झटारोले झारेको यो जिन्दगीमा !

जुगौं जिउने मिठा सपना भाताभुङ्ग बनाएर
निष्ठुरीले बास भत्काई सारेको यो जिन्दगीमा !

मुटुमाथि किला गाडी छिया-छिया पारी
साँध छुट्याई काँडेतारले बारेको यो जिन्दगीमा !

सगरमाथा चढ्ने भनी हिन्द सागरतिर लागी
वल्लो घाट न पल्लो तिर पारेको यो जिन्दगीमा !

तिम्लाई चोट लाग्द मलाई दुख्छ भन्ने निष्ठुरीले
लाउँदा-लाउदै चट्टै माया मारेको यो जिन्दगीमा !

(२०६४ मा पोखरा एफ एम ९५.८ मेगाहर्जमा भएको गजल प्रतियोगितामा द्वितीय स्थान हासिल गरेको गजल)

www.palans-sanjiwani.blogspot.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *