हिजो आज
धुनहरू हराईरहेका छन्
अक्षरहरूको
शब्दहरूको
अनि
वाक्यहरूको
तर
म एउटा धुन खोजिरहेछु
एकताको
मानवताको
गीत संगीतको
अनि
स्वयं कविताको !
जहाँ कविताका धुनहरू हराई रहेका छन्
त्यहाँ विवशताका चित्कारहरू गुन्जिरहेका छन्
जहाँ मानव ताको धुनहरू हराई रहेका छन्
त्यहाँ विध्वंसात्मकताको हुँकारहरू मच्चिरहेका छन्
भोका लासहरू गलिरहेका छन्
जहाँ गीत संगीतको धुनहरू हराई रहेका चान्
त्यहाँ सभ्यताको उर्दी गर्दै
नर्तकिहरू नग्न निर्त्य गरिरहे छन्
जहाँ कविताका धुनहरू हराई रहेका छ्न्
त्यहाँ कविहरू
पिँजडाको सुगा बनिरहेछन् !
तसर्थ
म खोजी रहेछु,
एकताको एउटा धुन
मानवताको सग्लो धुन
गीत संगीतको स्वस्थ धुन
अनि
कविताको एउटै धुन
जसलाई
सारङ्गीले संगीत दिन सक्योस्
बाँसुरीमा सिट्ठी भर्न सक्योस्
कोइलीले गाउन सक्योस्
डाँफे र मुनाल ले नाच्न सक्योस्
त्यसैले
म एउटा धुन खोजिरहेछु
एकताको
मानवताको
गीत संगीतको
अनि
कविताको !
(सभार:कविता क्लब नेपाल पुस्तक कविताको देशबाट)
