हुर्किएछ तन अब चाहानाले डुल्न थाल्यो
सजाएर कल्पनामा सुनाखरी फुल्न थाल्यो
कल्पनाको बातै मिठो संगालेर एक्लै हुँदा
चुमेर ती वक्ष बाहु ओठहरू घुल्न थाल्यो
नपोखिउन इच्छा यी रसी कसी राख्दा राख्दै
प्रबेशका द्वारहरू अनायशै खुल्न थाल्यो
बहानाले बोलुँ कि त चिल्लो-चिप्लो घोली घोली
बिसाउँदै बिन्ती पत्र बिना लाज झुल्न थाल्यो
थिएन त त्यहाँ केही सोचाइमा रनभुल्ल
बिर्सिएरै रित्तो हात सम्झनामै भुल्न थाल्यो
