Skip to content

जति चुम्यो चुमौं लाग्ने !


जति चुम्यो चुमौं लाग्ने हातै मोहिनीको
धेरै अबेर जागै बसेँ रातै मोहिनीको !

सम्झनाले मुटु छिचोल्छ मिठा-मिठा कुराहरू
प्रिय ! म तिम्रै हुँ ! कसम! बातै मोहिनीको !

जता जहाँ गए पनि पग्लिरहने यादहरू
हिउँमा पनि नजम्ने मन जातै मोहिनीको !

रित्तो गिलास समयएर अलि-अलि पिउन बसेँ
पिए पनि नशा-नशा मातै मोहिनीको !

जति खुशीले हाँसे पनि, झल्को उनकै वरिपरि
रगतको कण-कणमा नातै मोहिनीको !

(भाद्र ८, २०६५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *