डाँडा काट्ने काटिसक्यो रुनुको यहाँ के अर्थ !
छात्तीमाथि फोटो च्यापी छुनुको यहाँ के अर्थ !
धोका भयो भन्दै, सडक छेउमा भौतरिंदै
कहिले वारि कहिले पारि हुनुको यहाँ के अर्थ !
साहसिलो छाती बोकी नामर्दपन देखाई
आँशु खसाई आँखी भौं धुनुको यहाँ के अर्थ !
जीवनको साथी भनी, दिनकी फेर्दै हिंड्नेसँग
अब साईनो गाँस्दै बोलाउनुको यहाँ के अर्थ !
जति रोए पनि अब जति कराए नि अब
पलाँसलाई छाडे जाने ‘चुनु’को यहाँ के अर्थ !
