दिन-दिनै तिम्रो मेरो नाता के भो साहिंली !
छिन-छिनमै भेट्थ्यो अहिले साता के भो साहिंली !
तिमीले नै भन्ने गर्थ्यौ, हाम्रो माया अजम्बरी छ
अहिले फेरि चार दिनमै खाता के भो साहिंली !
मुटुभित्र छल्किरहन्छ, सम्वेदनाका छालहरू
दु:खी रहन्छ हाम्रो प्रेमको माता के भो साहिंली !
कुन पापीले उडाई दियो, चुडालेर रसी
सुन्दर प्रेमा बगैचाको हाता के भो साहिंली !
घाम होस् या पानीमा’ नि फरफराउथ्यो सधैं
अचानक यो पलाँसको छाता के भो साहिंली !
