Skip to content

मन छ यसपाली !

  • by


डोली लिई तिम्रो घर आउन मन छ यसपाली !
तिम्रो सिउँदोभरि सिन्दुर लाउने मन छ यसपाली !

मेरो मनकी ‘परी’लाई भित्र्याएर मनभित्र
जिन्दगीको रङ्गिन दिन धाउने मन छ यसपाली !

चखेवाको जोडी बनी जिन्दगीको चौतारीमा
पिरतीको मिठो गीत गाउने मन छ यसपाली !

पुर्णिमाको चन्द्रमा झै चाहकिलो चम्-चम्किदै
तिम्रो मनको कुना-कुना छाउने मन छ यसपाली !

हरेक पल सुख दु:खमा ‘पलाँस’लाई साथ दिने
तिमी मेरी ‘सुम्निमा’लाई पाउने मन छ यसपाली !

Leave a Reply

Your email address will not be published. Required fields are marked *