Skip to content

पिरतीको धड्कनलाई !


कति गाह्रो हुँदो रहेछ सम्झी-सम्झी पर्खनलाई
अझै कति लाग्छ प्रिया जुन बनि फर्कनलाई

धेरै दिन भो तिमीले मैले नसाटेको माया पनि
घरी-घरी आँखाबाट खोज्छ आँसु वर्षनलाई !

बितेका ति पलहरू स्‍मृतिमा घुमिरहँदा
चोक्टा-चोक्टा परि मुटु खोजिरहन्छ चर्कनलाई !

साँच्चै तिमीले मेरो वास्ता गर्न छाडेको हो भने
आगो लाउन आऊ तिम्रो पिरतीको धड्कनलाई !

मलामीले मेरो लासलाई घाटमा लाने बेला
न बिर्सें है सुनपानी भए पनि छर्कनलाई !

Leave a Reply

Your email address will not be published. Required fields are marked *