Skip to content

तराईकीलाई पा’छु अचेल !


पहाडकीले धोका दिए, तराईकीलाई पा’छु अचेल !
तराईकी भुनियाँसँग माया प्रीति ला’छु अचेल !

जात-भात, रुप रङ्ग, धन दौलत सबै त्यागी
जसले जति सक्छ उति माया गर्दै आ’छ अचेल !

कहिले चुमी-चुमी, कहिले अङ्गालोमा झुमी
आँखाभरि हिमाल, पहाड तराई सजाई रा’छु अचेल !

कहिले दौरा सुरुवाल टोपी, कैल्य कुर्था, धोती पै’री
दसैं, तिहार, माघी-छठमा पनि सामेल भा’छु अचेल !

दु:ख सुख, पीडा पीरमा सतिसाल झैं ठडिएर
जुनी-जुनीसम्म साथ दिने कसम खा’छु अचेल !

Leave a Reply

Your email address will not be published. Required fields are marked *