Skip to content

दुखाउँदा मन चसक्क भो


दुख्दा त स्वभाविक हो दुखाउँदा मन चसक्क भो ।
लुक्दा त स्वभाविक हो लुकाउँदा मन चसक्क भो ।

बल्ल बल्ल जिन्दगीमा एक पटक आएको मौका
चुम्दा त स्वभाविक हो चुकाउँदा मन चसक्क भो ।

गाठो पारी राखेको मन भित्रको भित्री रहस्य नै
फुक्दा त स्वभाविक हो फुकाउँदा मन चसक्क भो ।

मान इज्जत र प्रतिष्ठामा कालो धव्वा लाग्यो भन्दै
झुक्दा त स्वभाविक हो झुकाउँदा मन चसक्क भो ।

मरुभूमि जिन्दगीमा भएको एक जल मुहान
सुक्दा त स्वभाविक हो सुकाउँदा मन चसक्क भो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *