क्षितिजपारि मेरी मायालु, मलाई नै कुर्दै होलिन्
बुढी आमा पिंढीमा बसी, मेरै बाटो हेर्दै होलिन्
धन कमाउने मोह बढी, लागें परदेश सबै छोडेर
अहिले यादले सताउँदा, झर्छन आँसु हृदय नै तोडेर
ती सानी छोरी पनि, तोते बोली बोल्दै होलिन्
बुढी आमा पिंढीम बसी, मेरै बाटो हेर्दै होलिन्
प्रेम बाबु
हाल दुबइ यु ए ई
