Skip to content

बात हुन्न कहिल्यै पनि


सपनीमा नदेखेको रात हुन्न कहिल्यै पनि
बिपनीमा भेट हुन्छ बात हुन्न कहिल्यै पनि

मन पर्छ माया लाग्छ मायालुको जात एउटै
पिरतीमा सानो ठुलो जात हुन्न कहिल्यै पनि

सिरसिरे हावा चल्यो त्यही बेला पात हल्लियो
हावा चल्दा नहल्लिने पात हुन्न कहिल्यै पनि

नशा रैछ प्रेम पनि मात लागे झैं लठ्याउँछ
नशा बिना लठ्याउने मात हुन्न कहिल्यै पनि

माया भन्नु बिश्वास हो जीवन भन्नु साथ रैछ
यति साँचो बिश्वासमा घात हुन्न कहिल्यै पनि

अज्ञात पाल्पाली

2 thoughts on “बात हुन्न कहिल्यै पनि”

Leave a Reply

Your email address will not be published. Required fields are marked *