Skip to content


सानी सानी मौरी रानी
फूलमाथि आइन्
नाच्न थालिन् भुँभुँ गर्दै
मिठो गीत गाइन्
कल्ले छर्‍यो फूलमाथि
थरिथरि रङ
रङ्गीचङ्गी फूल देखी
मौरी रानी दङ्ग
राता सेता रङ्गीचङ्गी
सबै फूल डुल्छिन्
फूल डुल्न पाएपछि
साना ठूला भुल्छिन्
घरि बस्छिन् फूलमाथि
घरि उता जान्छिन्
मुखभरि मह बोकी
घारतिर लान्छिन्
मौरी रानी ! मौरी रानी !
नाच्न सिकाइदेऊ
मिहिनेत गरी गरी
बाँच्न सिकाइदेऊ
मलाई पनि फूलमाथि
डुल्न सिकाइदेऊ
सानो ठूलो भन्ने कुरा
भुल्न सिकाइदेऊ

मुना २०६७ चैत

Leave a Reply

Your email address will not be published. Required fields are marked *